उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

महोत्तरी। महोत्तरीमा घुस रकमसहित एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ।

महोत्तरीको गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६०० रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्।

चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।

उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज उमेश चौहानलाई सेवाग्राहीबाट १७ हजार ६०० घुस/रिसवत लिइसकेको अवस्थामा निगौल चोकबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय