व्यापारीबाट पैसा अशुल्ने असई यादव विरुद्ध महोत्तरीको औरहीमा टायर बालेर प्रदर्शन

महोत्तरी । औरही। महोत्तरीको औरहीमा प्रहरी विरुद्ध औरही उद्योग बाणिज्य संघका अध्यक्ष्ा श्रवण चौधरी लगाएत स्थानीय व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रेका छन् । औरही बजारस्थित रहेका प्रहरी चौकीबाट असई शिवजी यादव लगायतका प्रहरीले व्यापारीबाट पैसा माग्दै धाकधम्की दिने गरेको भन्दै स्थानीय सम्पुर्ण व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

चन्दा आतंक मच्चाएका प्रहरीलाई कार्वाही गरी यहाँबाट फिर्ता मगाउन माग गर्दै व्यापारीहरु आज विहानैदेखि बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । चेकजाँचको नाउमा प्रहरी बिटकै अगाडी व्यापारीबाट प्रहरीले पैसा अशुली गर्ने गरेको स्थानीय व्यापारीको भनाइ छ ।

प्रहरी बिटको छेवैबाट केहीदिनअघिमात्र चन्दन ईलेक्ट्रोनिक र मुन्ना ट्रेडर्समा चोरी हुँदा समेत प्रहरी मुकदर्शक भएर मात्र बसेको स्थानीयहरुको भनाई छ ।

पैसा अशुली गर्ने असई यादवालई तुरन्त जिल्लामा फिर्ता बोलाएर अनुसन्धान गरी कार्वाही गर्नुपर्ने जनता समाजवादीका स्थानीय नेता दरेश यादवले बताए । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरक्षक प्रकाश रेग्मीका अनुसार असई यादवलाई जिल्ला प्रहरीमा बोलाएर अनुसन्धान समेत थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय