बिरगंज । गत कार्तिक ९ गते आइतबारको दिन पर्सा जिल्लाको उदयपुर घुर्मी वडा न.२७ मा दिउसो ४ बजे घाँस काटने बिषयमा दुई महिला बीच भएको बिवादमा एक महिला घाइते भएको छ ।

घाइते बर्ष ३५ को लालसा देबि यादवको नारायणी अस्पतालमा उपचार भैइ रहेको छ ।

लालसा देबिको छोरी ममता कुमारी सङ्ग सोहि गाउका ललिता देबि सङ्ग सामान्य भनाभन भएको र पछी ललिता देबिको छोरा बलिराम यादब , छतरी यादव र धुरी यादब मिलि लालसा देबि यादबलाई कुटपिट गरि घाइते बनाएको र उनको उपचार अहिले नारायणी अस्पतालमा भैई रहेको छ ।

पिडित लालसा देबि यादबले जिल्ला प्रहरी कार्यालय पर्सामा मौखिक जानकारी समेत गराएको थियो तर वडा न .२७ का वडा अध्यक्ष प्रदिप यादबले पदको दुरुपयोग गरि प्रशासनलाई भनी उल्टो पिडित लालसा देबिको जेठाजु ( भसुर ) बर्ष ४५ को भुलाई प्रसाद यादवलाई सोधपुछ गर्नु छ भनेर जिल्ला बोलाएको र पक्राउ गरि गए राती चरम यातना दिएको भाइ रोशन यादवले बताए ।

अहिले उनको नारायणी अस्पतलको इर्मेजेन्सी कक्षमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। ईमेर्जेन्सि कक्षमा उपचाररत डाक्टरको भनाई अनुसार बिरामी डर र त्रासले गर्दा बेहोस भएको र चोटपटक कहि नलागेको बताए।

आजै घाइतेको अवस्था बुझ्न नेपाली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, प्रदेश सान्सद राजेस्वर प्रसाद साह लगायत बिभिन्न दलका नेता तथा अगुवाहरु पुगेका थिए ।

यस बिषयमा प्रहरी नायव उपरीक्षक मनोजित कुवरले सामान्य सोधपुछको लागि उनलाई बोलाएको र उनी पहिलादेखि नै बिरामी रहेको जानकारी दिए।

‘यादवमाथी कुनै कुटपटिट भएको छैन। उनी पहिल्यैदेखि नै रोगी हुनाले ढलेका हुन्,’ उनले भने।

यता रोशनले भने बिपक्षीसँग मोटो रकम लिइ कुटपिट गर्नका लागि नै राती प्रहरीले नछोडेको आरोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय