अनिस साह
महोत्तरी,जलेस्वर । वर्षो देखीको परखाई पछि अनतत: जनकपुर- भिट्ठामोड़ विद्यापति हाईवे को बाटो निर्माण सुरु भयो र अहिले लगभग यसको काम सकिने भयो र केहि प्रतिशत बिल पनि भुक्तानि भई सकेको छ। डि.वि.एस.डि क्वालिटी को यो बाटो को गुणवत्ता बारे सधै यात्रा गर्ने यात्रुहरु ले बखान गरेकै छन ।

बाटो को दुवै पटी माटो को कटान हुनु र गाऊ तिर जाने बाटो हरुमा ३-४ मीटर सम्मको बाटो निर्माण न गरदिनु ले बाटो को भविष्य माथि प्रशन उठछ..?

तल को तस्विर यही बाटो को हो जलेस्वर बुद्धिजीवी चौक भन्दा अलि अगाडि जनकपुर तिर जाने बायां तर्फ को लेन । खानेपानी को पाइप फुटेको कारण अहिले एकतिर को यो बाटो बन्द छ जसले निर्माण कार्य को लागि तयार पारिएको डि.पि.आर मा दुर्गामी सोच र अरु संस्थान हरु संगको समन्यवय न गर्नु वा तिनको बेवास्ता गरेको बुझ्न सकिन्छ र यस्तो अवस्था मात्र यही हो भन्नु पनि ठीक हुँदैन। जलेस्वर नगरभित्र ए.डि.बि. प्रोजेक्ट बाट तयार पारिएको स्फाल्ट कंक्रीट सड़क को अवस्था पनि यस्तै हो । महोत्तरी क्लब,मलपोत जाने बाटो अगाडी त बाटो समम् धसेको र अधुरैं निर्माण देखिन्छ । कतिपय ठाउँ मा तयार बाटो लाई फोडेर खानेपानी को धारा ठीक ग़री माटो भरेर त्यस्तै छाडेका छन । यस्ता क्रियाकलापहरुको विरोध न हुनु जनप्रतिनिधिले कड़ाई नगर्नु भ्र्ष्टाचार र कमीशनखोरी भएको ईशारा गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय