काठमाडौँ । “राज-संस्था एवं वैदिक सनातन हिन्दु-राष्ट्र पुनःस्थापना” सहितको विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत एवं “राष्ट्रिय नागरिक आन्दोलन” को तैयारीमा जुटेका जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफनो संगठनलाई दुर्तगतिमा विस्तार गर्दै लगेको देखिन्छ ।

आज मोर्चाका राष्ट्रिय अध्यक्ष एवं मोर्चा कै नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं #राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै सिरहाको मिर्चैया नगर जनपरिचालन समिती गठन भएको जानकारी दिनुभएको छ ! प्रेस वक्तव्यमा भनिएको छ। आदरणीय मुक्ति कामी जनसमुदाय ;

“जनतान्त्रिक तराई मुक्ति मोर्चा” को सिरहा जिल्ला जनपरिचालन समिती सदस्य एवं मिर्चैया नगरपालिका जनपरिचालन समिति संयोजक श्री मुन्ना यादवको अध्यक्षता एवं विशेष उपस्तिथिमा भएको भेलाले सिरहा जिल्लाको विभिन्न स्थानीय तहहरुको वडा/गाउँ/टोल स्तरमा जनसम्पर्क प्रतिनिधि कायम गरिएको छ ! जसमा तपसिल बमोजिमका ब्याक्तित्वहरु रहेका छन् , सबैलाई “जनतान्त्रिक परिवार” मा हार्दिक स्वागत एवं अभिवादन !

१) अभिनास साह (मिर्चैया – ६)
२) मोहम्मद नसिम (मिर्चैया – १०)
३) रोहित साह (मिर्चैया – ६)
४) निशान्त दत्त (गोलबजार – १०)
५) सुनिल कुमार साह (मिर्चैया – ७)
६) संतोष कुमार साह (मिर्चैया – ६)
७) भरोस कुमार साह/हलुवाई (मिर्चैया – ६)
८) सुरेन्द्र कुमार महतो/कोईरी (मिर्चैया – ६)
९) सुरेश यादव (मिर्चैया – ६)
१०) सुरज साह (मिर्चैया – ६)
११) रुपेश यादव (मिर्चैया – ६)
१२) जय कुमार ठाकुर (कर्जन्हा-२, बन्दीपुर)
१३) संजिव पण्डित (मिर्चैया – ८, भगतपुर)
१४) भरत कुमार साह (मिर्चैया – ९, ढोढना)
१५) शैलेन्द्र कुमार यादव (विष्णुपुर-४)
१६) सुरेश मलिक (मिर्चैया -६, मटियर्वा गाउँ)
१७) श्रीमती रिंकु मलिक (मिर्चैया-६, मटियर्वा/महिला प्रतिनिधि)
१८) जितेन्द्र कुमार सदा (मिर्चैया-६, मटियर्वा)
१९) श्रीमती रिता देवी सदा (मिर्चैया-६, मटियर्वा/महिला प्रतिनिधि)
२०) श्रीमती अमरिका देवी सदा (मिर्चैया-६,मटियर्वा/महिला प्रतिनिधि)
२१) धर्मेन्द्र कुमार साह/हलुवाई (मिर्चैया-६, मटियर्वा)
२२) श्रीमती भुली देवी सदा (मिर्चैया -६, मटियर्वा/महिला प्रतिनिधि)

मिति :- २०७७/०७/१४ गते शुक्रवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय