• रामएकवाल राम

दोहा( कतार)विपतमा बाल संरक्षण सम्बन्धि पुर्व तयारी तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।सिरहाको भगवानपुर गाउँपालिका -३ मा बुधबार सिरहा युवा संजालको आयोजनामा RDC नेपाल र MaNY नेपाल को सहयोग तथा Team NEPO को समन्वयमा बाल संरक्षण अभियान तथा शुभकामना अदान प्रदान कार्यक्रम सफलता पुर्बक समापन भएको छ ।

उक्त कार्यक्रम निर्मला यादवको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि पुर्ब मन्त्री श्री राजलाल यादबले हिन्दु धर्मावलम्बीले मनाउने महत्त्वपुर्ण चाड बडा दशै दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो ।

विशिष्ट अतिथि भगवानपुर गापा अध्यक्ष श्री बेचन प्रसाद यादब ज्युले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को मध्य नजर गर्दै सुरक्षित रहि भिड्भाड नगरी समाजिक दुरि कायम गरि एवम सरकारले दिएको निर्देशन पालना गरि बडा दशै तथा छठ मनाउन सम्पूर्णमा शुभकामना सहित अनुरोध समेत गरेका थिए ।

भगवानपुर गा.पा.वाडा -३ का वडाध्यक्ष श्री हरिनरायन यादव लगायत स्थानीय जनप्रतिनिधिको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक श्रवण कुशवाहाले सम्पुर्ण स्वमसेबक साथीहरूलाई विशेष धन्यवाद दिदै सहभागी लगायत देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा अगामि दिनमा सहयोगको अपेक्षा राख्दै शुभकामना दिनु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय