विष्णुपुर गाउँपालिकामा अनियमितता भएको वडा अध्यक्ष यादव को आरोप

महेश सिंह सिरहा लहान १३ , कार्तिक । सिरहाको बिष्णुपुर गाउँपालिकामा ब्यापक अनियमितता भैरहेको वडा नम्बर– १ का वडा अध्यक्ष गोपिन्द्र यादवले बताएका छन् । गाउँपालिकामा अनियमितता भएको भन्दै स्थानीयले पत्रकार सम्मेलनको आयोजना गरेका ।

कार्यपालिकामा समेत जनकारी नगराई मनोमानी ढंगले गाउँपालिका प्रमुखले पछिलो दिनहरुमा अनियमितताका बिभिन्न गतिबिधिहरु संचालन गर्दै आईरहेको उनको आरोप छ । वडा नम्बर – १ मा १६ वटा सार्बजनिक पोखरी छन् ,‘मलाई समेत जानकारी नदिई कौडीको भाउमा सो पोखरीहरु गाउँपालिका अध्यक्षले कार्यकर्ताहरुलाई दिएको सम्मेलनमा अध्यक्ष यादबले बताए ।

बिभिन्न विकास निर्माणको कार्य देखि लिएर कर्मचारी भर्ना , शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले कार्यकर्ता भर्ति केन्द्र बनाएको उनले भने ।’ कुनै सुचना तथा जनकारी बिना गापा अध्यक्षले प्रक्रया बिना १२ जना शिक्षक र १९ जना कार्यालय सहयोगी न्युक्त गरेको , चौकिदार , सल्लहकार, पिए न्युक्ति लगायतमा ब्यापक अनियमितता गरेको उनले बताए ।
यस्ता गतिबिधी गाउँपालिकाले नसच्याएको खण्डमा जनताको साथ लिई आफु कडा आन्दोलनमा जाने उनले चेताबनी दिएका छन । यता सो बिषयमा गापा अध्यक्ष जोगेश्वर यादब संग पत्रकारहरुले बुझन खोज्दा हामी पत्रकार सम्मेलन गरेर सो बारेमा जनाकारी गराउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय