दोहा । कोरोना महामारीका कारण कतार बाहिर रहेका आप्रवासी श्रमिक लगायत अन्य नागरिकलाई चाहिने अनुमति पत्र (इन्ट्री परमिट)को म्याद थप्न सकिने भएको छ ।

परमिट निकाले जस्तै कतार पोर्टलको वेबसाइट मार्फत निवेदन दिई म्याद थप गर्न सकिने र यो सुबिधाबाट इन्ट्री परमिट निकालेको एक महिना भित्र विभिन्न कारणले कतार फर्कन नसकेका आप्रवासी नागरिकहरुले लाभ लिन सक्ने छन् ।

एक पटक जारी गरिएको प्रवेश अनुमतिको म्याद ३० दिनसम्म मान्य हुन्छ । म्याद सकिएका व्यक्तिले ३० दिनसम्मको लागि म्याद थप गर्न सक्ने हुकुमी कतारले ट्वीटर मार्फत जानकारी दिएको छ।

कतारमा पछिल्लो २४ घण्टामा २५० जनालाई संक्रमण पुष्टी भएको छ भने २६७ जनालाई निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार ९३९ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख २८ हजार ८८४ पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २३० पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण कतारमा १८ नेपाली श्रमिकले ज्यान गुमाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली श्रमिक कोरोनाबाट संक्रमित भन्ने भन्ने आधिकारिक तथ्याङक दूतावाससंग पनि छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय