• रामएकवाल राम

जनकपुरधाम । दोहा (कतार) राज्य सता द्वारा हत्या गरिएका रौतहटको गरुडा नगरपालिका -८ का विजय राम र गैर दलितहरूद्वारा हत्या गरिएका निरनजन रामको परिवारलाई रविदास समाज सेवा नेपाल कतारले विहिवार रु.२२००० हजार आर्थिक र खाद्यान्न समाग्रीहरु सहयोग गरेका छन।

रविदास समाज सेवा नेपाल प्रवास कमिटी कतार शाखाको आह्वानमा पीडित परिवारहरलाई जनही रु ११००० हजार ५० किलो चामल ५ लिटर तेल ५ किलो दाल र १ पिस बलान्केट्का दरले रविदास समाज सेवा नेपालका केन्द्रिय अध्यक्ष श्री बालकिशोर महराको अगुवाइमा तथा रौतहट जिल्लाको दलित संघर्ष समितीको संयोजक सोनेलाल राम र समाजका केन्द्रिय सदस्य विरेन्द्र महराको रोहवरमा गरुडामै गएर सो रकम र खाद्यान्न हस्तान्तरण गरेको समाजका सल्लाहकार किर्ते महरा ले जानकारी दिनु भयो।

पीडित (विजय राम र निरनजन राम )को परिवारलाई राहत दिदै केन्द्रिय अध्यक्ष महराले अब दलितहरुलाई कुनै राज्य सता वा गैर दलितहरुले दमन गर्‍यो भने त्यसको बदला लिन आफुहरु पछि नपर्ने बताएका थिए।

दलित समुदायहरु माथी दिनहु भैरहेको जातीय विभेद भोज भतेर वा सार्वजनिक निकाय आदि ठाँउमा जातीय विभेद भएको भन्दै अब सबै दलितहरू भाइ भाइ हौ भन्दै एकीकृत हुन आह्वान गरे।

प्रदेश २ मा दलितहरुलाई मात्रै अहिले गैरदलितहरुले प्रमुख निसाना बनाई हत्या गरिरहेको भन्दै आफुहरुलाई विश्वभरका दलितहरुले सहयोग गर्न आग्रह गर्नु भएको छ।
यस्तै विभिन्न पीडित परिवारहरुलाई अगामी दिनमा रविदास समाज सेवा प्रवास कमिटी कतारले सहयोग गर्न आतुर रहेको भन्दै सबै दलितहरु अधिकारका लागि लडनुपर्ने कतार शाखाका अध्यक्ष पाण्डव महराले आह्वान गर्नु भएको छ।

रविदास समाज सेवा कतारका संयोजक रामएकवाल रामको नेतृत्वमा कतार टीमका उपाध्यक्ष जगरनाथ राम सचीव श्री नारायण राम सह सचिव रामउदगार राम कोषाध्यक्ष लक्ष्मी राम सदस्य राजाराम महरा शिवनाथ राम कृष्ण महरा प्रमोद महरा रामखेलावन राम सुरेन्द्र महरा विष्णुदेव महरा सन्जिव महरा राजिव हरिजन सोहन पासवान श्री प्रसाद राम रन्जित महरा दिलिप महरा रामपुकार महरा रामप्रसाद राम लगायतले राहत संकलन गरि पीडित परिवार समक्ष पुगाएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय