महुवन, पर्सा । चेन्ज एक्सन नेपाल ( परिवर्तनको लागि सहकार्य नेपाल )को आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित तथा अति विपन्न ५० घरपरिवार खाद्यान्न राहत सहयोग गरिएको छ।
कोरोना भाईरस बाट बच्नको लागि नेपाल तथा विश्व भरि लकडाउन रहेकोे थियो । कोरोना भाईरस बाट बच्नको लागि लकडाउन भएकोले नेपाल भरीको कामकाज बन्द रहेकोे थियोे । लकडाउनको कारणले गरिब , मजदुर , दलित , विपन्नहरु अति नै प्रभावित रहेकोे थिए । दैनिक काम मजदुरी गरि खाने लाई धेरै समस्या रहेकोे छ। गाउँ घरमा

लकडाउन खुल्ले पनि काम गर्ने सम्भावना कम रहेकोे कुरा मजदुर अशोक राम भन्नू हुन्छ। हामी धेरै समस्या छौँ ।
दशौँ आए पनि काम नचलेकोले खाने समस्या रहेकोे थियो तर यो राहतले हामीलाई धेरै राहत हुनेछ। अर्को प्रभावित दलित महिला लिलावती देवी चमार भन्नू हुन्छ। अर्कि दलित महिला जगमतिया देवि भन्नू हुन्छ
चेन्ज एक्सन नेपाल ( परिवर्तनको लागि कार्य नेपाल )ले आर्थिक सहयोग गरेकोले धेरै धेरै धन्यवाद रहेकोे छ।
यस खाद्यान्न राहतमा (१ बोरा) ३० केजी चामल , १ केजी नुन , १ केजी दाल , १ लिटर खाने तेल सहयोग तथा वितरण गरिएको छ।

यस कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / दलित सामाजिक अभियान्ता मनोज राम, नेपाल रेडक्रस सोसाइटी उप शाखा , महुवनको सभापति जदु प्रसाद तेली , पिसफोर दलितस फाउन्डेसन नेपालको कोषाध्यक्ष लिलावती देवी , सदस्य उदम देवी , सदस्य श्रीकान्ती देवी , सदस्य संजोग महरा (चमार) तथा दलित युवाहरुको उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय