शम्भु सदा,नेहा सदा,श्रीचन पासमान लाई सहियोग

मनोज पासमान
हाम्रो जनकपुर /जनकपुरधाम । ईलाका प्रहरी कार्यलय सबैलाको थुनुवाकक्ष भित्र मृत्यु भएको सबैला नापा वाड नम्बर १२ बर्कुर्वाको शम्भु सदाको परिवारलाई संस्थाको तर्फबाट आर्थिक १५०००हजार सहियोग गरेको छ।

सिराहाको मिर्चैया नापा वाड नम्बर ३का नेहा सदाको उपचारका लागि समेत श्री सल्हेश एकता मञ्चले आर्थिक १५००० हजार सहियोग गरेको छ।

धनुषाको सबैला नगरपालिका वाड नम्बर ४बल्टिया कोठिया बस्ने श्रीचन पासमानलाई समेत उक्त संस्थाले आर्थिक १००००हजार सहियोग गरेको छ।स्थानीय सबैला नापाको श्रीचन पासमानलाई केही महिना पुर्व बिजुलिको तारबाट करेन्ट लागेर घाइते भएको थिए भने उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगेको थिए।पैसाको अभावका कारण उपचारमा कठिनाइ भैरहेको पीडित परिवारले हामिलाई सुनाए।

श्री सल्हेश एकता मञ्चको अध्यक्ष श्री दुर्गानन्द पासमानले सेवा नै धर्म हो र पीडितलाई सेवा गर्ने उदेश्यलेनै हामिहरुले यो संस्था संचालन गरेको छु भन्दै आफ्नो बिचार हाम्रो जनकपुर डटकमको सन्चारकर्मि मनोज पासमानलाई सुनाए।आफ्नो समाजलाई सहियोग गर्ने सबै जनसमुदायलाई एकजुट भैइ अगाडि आएर सहियोग गर्न अध्यक्ष पासमानले समेत आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय