गरुडामा मंगलबार हिन्दुहरुको महान चार्डपर्व पर्वको अवसरमा शान्ति सुरक्षा एवंम समसामयिक विषय बस्तुहरुलाई मध्यनजर राख्दै निरीक्षण तथा सम्बोधन कार्यक्रम सम्पन्न

रबिन्द्र प्रजापति ५ कार्तिक रौतहट / हाम्रो जनकपुर ।रौतहटको गरुडामा मंगलबार हिन्दुहरुको महान चार्डपर्व बडा दशै,तिहार तथा छठ पर्वको अवसरमा शान्ति सुरक्षा एवंम समसामयिक विषय बस्तुहरुलाई मध्यनजर राख्दै निरीक्षण तथा सम्बोधन कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्राङगणमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रौतहट जिल्लाको शान्ति सुरक्षा, प्रहरी आचरण तथा व्यवहार,अपराध रोकथाम नियन्त्रण,चोरी तस्करी पैठारी नियन्त्रण,जुवातास,अवैध भट्टी नियन्त्रण तथा चार्डपर्वको नाममा अपराधिक क्रियाकलापहरुको विषयमा केन्द्रित भई आवश्यक निति निर्देशन रौतहट प्रहरीलाई दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्र.ना.म.नि. धिरज प्रताप सिंह, जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्र.उ. शिद्वी बिक्रम शाह जिल्ला प्रहरी कार्यालय रौतहट मातहत समेतमा कार्यरत सि.प्र.अ. र जु.प्र.अ.तथा यूनिट इन्चार्जहरु लगायत ७० जना प्रहरी कर्मचारीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धी बिक्रम साहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय