धनुषा । जनकपुरधाम जानकी मन्दिरको पर्खाल भत्काइएका निर्माण कार्य शुरु हुने भएको छ । एकीकृत शहरी विकास योजना अन्तर्गत सडक विस्तारको क्रममा मन्दिरको पर्खाल अतिक्रमण गरी नयाँ पर्खाल निर्माण गरेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए ।

त्यसपछि केहि वडाध्यक्षहरुको नेतृत्वमा अतिक्रमण गरी निर्मित गरिएको पर्खाल भत्काएको थियो । अहिले नापी कार्यालय धनुषाको प्रतिवेदनका आधारमा पुनः मंगलबार देखि पर्खाल निर्माण हुन लागेको हो ।

गुठी संस्थान जनकपुरधामको गत असोज ३० गते बसेको बैठकले जानकी मन्दिरको पर्खाल निर्माणका लागि सरोकारवाला पक्षलाई सहयोगका लागि अपिल गरेको थियो । सो निर्णयअनुसार मंगलबारदेखि जानकी मन्दिरको साबिककै ठाउँमा पर्खाल निर्माण हुने गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय