चौतर्फी आलोचनापछि नेपाली काँग्रेस र जसपा पार्टीले सरकारले सांसदहरुलाई उपलब्ध गराउँदै आएको दसैँ भत्ता खारेज गर्न माग

जनकपुरधाम । नेपाली काँग्रेसका सबै संघीय सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सबै संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराइएको दसैं भत्ता वापतको फिर्ता गर्ने निर्णय गरेको जानकारी दिए ।

उक्त रकम वापत हुन आउने त्रीचालिस लाख बीस हजार आठ सय दश जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गरेको उनको विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाबाट देशभर दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेको अवस्थामा परीक्षण र उपचारको दायरालाई बढाउँदै जानु पर्नेमा त्यसको ठिक विपरित सरकारले कोरोना भाइरसको परीक्षण र उपचार स्वयं नागरिकले आफै गर्नुपर्ने तथा संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने जस्ता गैरजिम्मेवार तथा गलत निर्णय गरेको पनि काँग्रेसले ठहर गरेको छ ।

यता, सरकारले सांसदहरुलाई उपलब्ध गराउँदै आएको दसैँ भत्ता खारेज गर्न जनता समाजवादी पार्टी (जसपा)ले माग गरेको छ । सरकारले दसैँ भत्ता खारेज नगरे आफ्नो सांसदले उक्त भत्ता नलिने निर्णय गरेको हो ।

जसपाले कोरोना भाइरस संक्रमण (कोभिड(१९) पीडितलाई सरकारले राहत उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ ।
जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको विधान र नियमावली संसोधनसहित पारित समेत जसपाका नेता रकम चेमजोङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय