जनकपुरधाम ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका ३ मा वडाध्यक्षको कार्यशैलीप्रति असन्तुष्ट हुँदै वडासदस्यहरुले कार्यालयमा तालाबन्दी गरेका छन् ।

असन्तुष्टहरूले विधिको शासन लागू गर, वार्षिक कार्यक्रम सार्वजनिक गर, नीति तथा कार्यक्रम सार्वजनिक गर, वडा भेला बृहत् गर, आयव्यय सार्वजनिक गरलगायतका माग गर्दै तालाबन्दी गरेका छन् ।

असन्तुष्ट ४ जना वडा सदस्यहरू शत्रुधन भगत, कुशेश्वर दास, बबि कर्ण र सुनिता दासले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यता, वडाध्यक्ष दिपेन्द्र साहले वडा कार्यालयमा तालाबन्दी गरिएको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताए ।

उनले भने,‘तालाबन्दी गरेर समस्या समाधान नहुने हुँदा बोर्ड बैठकमा संवादको माध्यमबाट असन्तुष्टि राख्नु उपयुक्त हुन्छ । तालाबन्दी गर्नु जायज छैन् तर’ वडा सदस्यहरुले लगाएको ताला स्थानीयले केहीबेरमै तोडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय