पत्र-पत्रिका

हरित विद्यालय अनुगमन तथा उदघाटन समारोह

By हाम्रो जनकपुर डेस्क

October 17, 2024

गणेश कुमार सिंह,महोत्तरी । हरित विद्यालय अनुगमन तथा उदघाटन समारोह सम्पन्न भएको छ ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं ११ पिगौना स्थिति रहेको जनता माध्यमिक विधालयमा रतौली युवा क्लब तथा सेभ द चिल्ड्रेनको सहजिकरण्मा तथा जनता माध्यमिक विद्यालयको सहकार्यमा हरित विद्यालय निर्माण गराउन सफल भएको छ।

हरित विद्यालय अन्तर्गत बनाइएको बाटो तथा वृक्षारोपन कार्यहरुको अनुगमन को साथै विद्यालयका मूल गेटको उद्घाटन रतौली युवा क्लबको कार्यकारी निर्देशक बैद्यनाथ चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा वडाध्यक्ष मनोज कुमार साह, विद्यालयको प्र.अ. सुरेश साह,  RYC को कार्यक्रम संयोजक पुज नारायण साह, इन्जिनियर सुमित तिवारी, शिक्षा अधिकृत प्रदीप झा, सबि राज पन्त, स्पोन्सरसिप अधिकृत राजेश पाण्डे, लेखापाल आलोक पटेल, MEAL अधीकृत गोविन्द लाल कर्ण, सह-लेखापाल राहुल चौधरी, सामुदायिक परिचालक रानी पाण्डे र संजय राम तथा विद्यालयका कर्मचारीहरु, वि.व्य.स का पदाधिकारीहरु, स्थानिय, अभिभावकहरुको उपस्थिति रहेका थिए।

Green school बनाउनमा कुल खर्च (बजेट)  रु.४,७७,५१८ रहेकोमा बाटो निर्माण तर्फ रु.३,२८, २१८ वृक्षारोपन लगायतका अन्य कार्यहरु तर्फ रू.१४४५१८ र व्यवस्थापन खर्च तर्फ रु.५,००० सम्बन्धि छलफल भएका छन् भने RYC कार्यक्रम संयोजक साह ले बताए ।