जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक सचेतना कार्यक्रमलाई अभियानको रुपमा संचालन गरेको छ । देश भरीमै सवारी दुर्घटनामा मधेश प्रदेश पहिलो नम्बरमा रहेकोले यसलाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरीले सचेतना कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरेको हो ।

अभियानको पहिलो दिन ट्राफिक प्रहरीले धनुषाका जनकपुरधामको जनक चौकमा शुभकामना मन्तबय राख्दै स्कुलका बिद्यार्थीहरु सर्वसाधारणलाई चेतना बढाउने उद्धेश्यले सचेतना मुलक घुम्ती कार्यक्रम सञ्चालन शुरु गरेको छ । जनकपुरबाट शुरु भएको यस अभियानलाई धनुषा जिल्लाको सम्पुर्ण ठाँउमा आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख शेखर कुमार साहले जानकारी दिनुभयो । यस वर्षपनि सोही अनुपातमा मृतकको संख्या द्यट्दै गएको कारण न्युनिकरण गर्न सबैको साथ र सहयोगका लागि अनुरोध गरेको छ । कार्यक्रम तपाइको सुरक्षित यात्रा हाम्रो चाहना नारा सहित सवारी दुर्घटना न्यूनीकरणको लागि अभियान संचालन गरिएको हो ।ट्राफिक नियमको पालना गरौ ,अति बेगमा सवारी साधन नचलाऔ ,जथाभावी ओभरटेक नगरौँं ,सभ्य नागरिकको परिचय दिउ लगायतको प्लेकार्ड सहित ट्राफिक प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, विद्यार्थीहरुले जनकपुरधामको चोकहरुको परिक्रमा गर्दै प्रभात फेरी गरेका थिए ।

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यल रोेडदेखि लिएर विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको जिल्ला ट्राफीक प्रहरी प्रमुख शेखर कुमार साहले बताउँदै भने अब हामिले लगातार यो कार्यक्रम गर्नछौँ । विद्यालयमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउने छु । विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको ट्राफिक प्रमुख साहले बताए ।

यसअघि सवारी चालकलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउँदै आएको ट्राफिक प्रहरीले अब जिल्लाका सबै विद्यालयस्तरमा यो कार्यक्रम गर्ने योजना बनाएको ट्राफिक प्रमुख साहको भनाइ छ ।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका डिआईजि जनक भटृराई, धनुषा जिल्ला प्रहरी कार्यलयका प्रमुख विश्वराज खड्का, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, जनकपुरधाम उ.मा.न.पाका नगर प्रमुख मनोज साह, पत्रकार, समाजसेबि लगायत विभिन्न प्रहरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय