प्रेममा परेर मान्छे साच्चै पागल हुदोरैछ। :पत्रकार मौसम झा
जिन्दगी। साच्चै कस्तो हुदोरहेछ यो जिन्दगी नचाहे जस्तो नसोचे जस्तो हुदोरहेछ जिन्दगी । खै कहाँ बाट सुरुवात गरु आफ्नो जिन्दगीको अधुरो यात्रा बिवाास भाईसके यो जिन्दगीको अधुरो रहस्य हेर्दा हेर्दै।
जिन्दगी भोगाइमा फरक पर्न्र एउटा अनौठो कुरा हो।समय को गति सगै दौडिरहनु पर्ने तर पनि खै किन हो कुन्नी यो जिन्दगी भोगाइ र सोचाइ मा आकास धर्तिको फरक हुदो रहेछ।यो जिन्दगी न सोचे जस्तो हुन्छ न चाहे जस्तो नै ।
हुन्छ त केवल समय र परिस्थितिले डोर्याएजस्तै।जिन्दगिमा सोचेजस्तो वा चाहेजस्तो हुने भए कसैले पनि आँसुको सागर मा डुबेर बाच्नु पर्दैनथ्यो ।त्यसैले पनि मानिसहरु ले जिन्दगीलाई भोगाइ र परिस्थिती अनिसार आ- आफ्नै शब्दमा परिभाषित गरिरहेका छन।मलाई यो जिन्दगी यात्रा जस्तो लाग्छ।त्यसैले जिन्दगिमा हरेक प्रहर गोरेटो सग भेट हुन्छ त कुनै प्रहर दोबाटोसग । सायद गोरेटो र दोबाटोको संगम हो जिन्दगी।
जिन्दगीका गोरेटोले खुशिका बहारहरु बोकेर जिउन सिकाउछ अनि दोबाटोले यो सन्सारमा कहिलै भेट नहुने गरि बिदाईका हातहरु हल्याउन बाध्य बनाउछ।मैले पनि जिन्दगीको यात्रामा कयौं को साथ पाए अनि कयौं सग कहिलै नभेतिने गरि बिदाईका अन्तिम हात हल्याए।कहिले भेटाउने त कहिले छुट्याउने यस्ता कयौं गोरेटो अनि दोबाटो हरु पाए।कयौं सग भेटिए अनि कयौं सग छुटिए।यहि भेटिने अनि छुट्टीने समय र परिस्थितिको अधुरो रितलाइ नै मैले आफ्नो जिन्दगी सम्झिए।
हिजोका दिनहरुमा हरेक पल मेरो सिरमाथी हात रखेर जुनिभर माया मार्दिन भनी खाएका वाचा कसमहरु यति चाडै बिर्सिदियौ ?ठिकै छ तिमिसग मेरो गुनासो त केही पनि छैन मैले आफुलाइ भुलेर तिमिलाइ पाउने सपना देख्नु सायद धर्तिमा बसेर आकासको जुन छुने सपना देखेजस्तै अधुरो थियो…..अपुरो थियो । त्यसैले आज एकै सन्सारमा रहे पनि फेरि कहिलै नभेटिने गरि टाढा भयौ एक खोलाका दुई किनारझै ।जे नहुनु थियो त्यो भैसक्यो अब तिमी जहाँ रहे पनि धेरै खुशी रहनु हामी बिच चाहेर पनि एक-अर्काको जिन्दगीमा आउन सक्दैनौं ।यो जुनि यस्तै भयो बाकी अर्को जन्ममा भेटउला।। साथि राम्ररी बस्नु म हजुरको साथि हजुरको दुःख शुखमा साथ दिने वाचामै बिते जस्तो फिल गर्दै छु प्रिय तपाईँ जाहा बस्नु राम्रो सँग बस्नु माता जानकी सँग प्राथना गर्छु। हजुरको साथि मौसम आज एक्लै जिन्दगी बिताउने बच्चा गरेको।।