काठमाडौ। एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्नेछन् ।

यो योजना बिहीबार (भदौ १८)देखि लागू भएको छ । पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्दछ ।

यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्ने बताइएको छ । सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ ।

नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्ने छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र रु ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्ने छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफू सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्ने बताइएको छ ।

पहिलो सिम सूचारु गरेपछि सूचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा रु १०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्नेछन् ।

यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु १०० बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसीमा रहेको ३०० एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।

एसईई सकेका विधार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा एनसेल आजियाटा निकै खुसी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय