हाम्रो जनकपुर / जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका युवक आज जेल चलान भएका छन् ।

गत साउन १३ गते राति वडा नं ३ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका स्थानीय कलाम राईनलाई धनुषा जिल्ला अदालतले पुर्वपक्षकालागि जेल चलान गरेको हो ।

उनलाई पूर्वपक्षको लागि गत भदौ १६ गते कारागार चलानको आदेश दिएसँगै सिन्धुली कारागार पठाइएको हो । १८ बर्षिय किशोरीले आफू पिसाब फेर्न बाहिर निस्कदा राईनले आफूलाई उठाएर लगी बलात्कार गरेको प्रहरीमा बयान दिएकी थिइन् ।

यद्धपी स्थानीयहरुका अनुसार ती युवती र र युवकबीच पहिलेदेखि प्रेम समबन्ध थियो ।

तर किशोरीको उमेर नपुगेको भन्दै सहमतीमै यौनसम्पर्क भएपनि कलाममाथि मुद्दा चलाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय