काठमाडौं । उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम डेलिभरी सेवा र टेकअवे खुलाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले जारी निषेधाज्ञालाई २४ भदौको राति १२ बजेसम्म लागु गर्ने निर्णय गरेको हो ।

बुधबारबाट थप गरिएको निषेधाज्ञाको अवधिभरि खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । औषधि र पानीको पसल भने दिनभर खोल्न सकिनेछ ।

यस्तै, यसअघि दैनिक उपभोग्य वस्तुको होम डेलिभरी सेवा र टेकअवेलाई बन्द गराइएकामा अब पिसिआर रिपोर्ट नेगेटिभ भएको व्यक्तिले सो सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसरी सेवा दिने व्यक्तिले उनीहरूले भेटेका व्यक्तिहरूको अभिलेख राख्नुपर्नेछ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय