“जल चढाउने श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सबैला भएर सतोषर महादेवमा चढाउने गर्दै आएको छ ।”

फाईल तस्विर

हाम्रो जनकपुर / जनकपुरधाम । कैयौं वर्षदेखि धनुषाको सप्तेश्वर (सतोषर) मा लाग्दै आएको बिशाल बोलबम मेला यसपाली भने नलाग्ने भएको छ ।

कोरोना भाइरसको महामारी समुदाय स्तरसम्म पुगेको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियाबाट भरिने जल र मेला कार्यक्रम नलाग्ने बताइएको छ ।

बरमझिया स्थित रहेको चारनाथ नदीबाट जल भरेर धनुषाको सबैला नगरपालिकाको सतोषर स्थित रहेको सप्तेश्वरनाथ महादेव मन्दिरमा चढाउने गरिन्छ । तर, यसपाली कोरोना भाइरसलाई मध्यनजर गर्दै मेला नलाग्ने जनाइएको छ ।

आगामी भदौ १५ र १६ गते अनन्त चतुर्थीको दिन लाग्ने भनिएको बोलबम मेला भने नलाग्ने जनाइएको छ । गणेशमान चारनाथ नगरपालिकाले एक सूचना प्रकाशित गर्दै वडा नं. ९ र १० मा लाग्ने बोलबम मेला नलाग्ने जनाएको छ ।

पूर्वी धनुषा सहित अन्य विभिन्न स्थानबाट प्रत्येक वर्ष हजारौं हजारको सँख्यामा काँवरियाहरु सतोषर महादेवमा जल चढाउने गरिन्छ । जल चढाउने श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सतोषर महादेवमा चढाउने गर्दै आएको छ ।

यसपाली स्थानीय प्रशासनले भीडभाड नहुन दिन निर्देशन जारी गरेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्लेले सूचना जारी गर्दै बोलबम मेला नलाग्ने बताएका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले एक सूचना प्रकाशित गर्दै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय