हाम्रो जनकपुर /काठमाडौं । लकडाउन (बन्दाबन्दी) खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या अझै बढ्दो क्रममा छ । लकडाउन अघिसम्म काठमाडौं उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो । जटिल अवस्थामा पुग्न सक्ने उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट ट्रेसिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञा थप गर्न आग्रह फोरमले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय