हाम्रो जनकपुर / रौतहट जिल्ला गरुडा नगरपालिका स्थित ईलाका प्रहरी कार्यालयले लागु औषध सहित पक्राउ परेका दुई जनालाई पत्रकार सम्मेलन गरी ईप्रका गरुडाको प्राङ्गनमा सर्वाजनिक गरिएको छ । बृन्दावन न.पा.वडा नं. ६ स्थित हर्षाहा चौकमा प्रहरी टोलीले गौर चपुर सडक खण्डमा आवत जावत गर्ने सवारी साधन, साईकल तथा पैदल हिड्ने मानिसहरु समेतलाई चेक जाँच गर्ने क्रममा पक्राउ परेको छ । गरुडा तर्फबाट एक जना ब्यक्तिले साईकल चलाई उत्तर तर्फ गई रहेको अवस्थामा देखि निज उपर शंका लागि रोकी सोधपुछ गरी साईकल समेत चेक जाँच गरी निज एसके धानुकको शरिर तलाशी गर्दा शरिरमा लगाएको पाईन्टको दाँया खल्तीबाट लागु औषध बरामद भएको छ । धानतुको खल्तीबाट नुफिन ईन्जेक्सन थान ३०, डाईजोल्याब ईन्जेक्सन थान ३०, फेनारगन ईन्जेक्सन थान ३०, सिरिन्च थान १ फेला पारी नियन्त्रणमा लिई बरामद गरिएको छ । रौतहट चन्द्रपुर न.पा.वडा नं. ६ बजार टोल बस्ने रामअशिष धानुकको छोरा अं.बर्ष २४ को एसके धानुक नाम बताउने लागाु औषध तस्करलाई रौतहट जिल्ला अदालत गौरबाट म्याद थप भई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायब उपनिरीक्षक ज्ञानकुमार महतोले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । त्यस्तै वृन्दावन न.पा. कै वडा नं.२ बेनौली महुअवा आउने जाने सडक खण्डमा पुर्व बाग्मती तर्फबाट मोटर साईकलमा लागु औषध गाँजा लिई आउँदै गरेको सुचनाको अधारमा प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरी टोलीले पुर्व बाग्मती तर्फबाट मोटर साईकल चलाई अउँदै गरेको व्यक्तिलाई पक्राउ गरी खानतलासी गर्दा लागु औषध गाँजा ५ किलो बरामद गरिएको छ । पक्राउ पर्नेमा रौतहट गरुडा न.पा.वडा नं.९ बस्ने धन्नु सहनीको छोरा बर्ष ३५ को कनन सहनीले रहेको ईप्रका गरुडाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेको सहनीलाईे न्यायीक हिरासतमा राखी अनुसन्धान भई रहेको ईप्रका गरुडाले जनाएको छ । Be the first of your friends to like this Aajtak Nepal
60 , 713 likes
Like Page Share
फेसबुकबाट तपाईको प्रति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय