हाम्रो जनकपुर / समाजिक सदभाव खलबलाउने गरी फेसबुकमा भिडियो पोष्ट गरेको आरोपमा पक्राउ परेको नरसिँह हिन्दु सेनाका सप्तरी जिल्ला अध्यक्ष विष्णु प्रताप साह रिहा भएका छन् ।

साह रिहा भएपछी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई झट्का लागेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट उनलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो । उनलाई अझै तारिख लिन आउनुपर्ने भएको छ । धरौटी राखी उनलाई तारिखमा रिहा गरिएको जनाइएको छ ।

साह पक्षधरले मुख्यमन्त्रीको दबाबमा पक्राउ गरिएको भन्दै बिरोध गर्दै आएका छन । मुख्यमन्त्रीको दबाबका बाबाजुद सत्यको जित भएको साह पक्षधर श्रवन कुमार यादबले टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय