हाम्रो जनकपुर / जनकपुरधाम, भदौ ४ : कोरोना भाइरस कोभिड १९ महामारीमा जनताको सेवाका लागि एक अभियान नै थालेको परोपकारी संस्था क्लोथ बैंकले काठमाण्डौमा तत्काल तिनवटा भेन्टिलेटर बुझेको छ । भेन्टिलेटरको अभावमा विरामीहरुको मृत्यु भइरहेको खवरहरु आउन थालेपछि होमआइशोलेनका लागि अभियान थालेको बैंकको पहलमा प्रादेशिक अस्पतालका लागि भन्दै छ वटा भेन्टिलेटर मांग गरिएको थियो ।

भेन्टिरलेटर ल्याउन काठमाण्डौ गएका टोली सदस्य तथा बैंकका अध्यक्ष राजिव झाले तत्काल एउटा ठुलो र दुईवटा सानो (बि प्याप)गरि तिनवटा भेन्टिरलेटर बुझेको तथा अन्यका लागि पनि पहल भइरहेको बताए । बैंकका अध्यक्ष झा, अभियानको अक्सिजन व्यवस्थापन समितिका सदस्य राजु चौधरी तथा बैंकका शुभेच्छुक नेपाल उद्योग बाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष शिव शंकर साह हिराले संयुक्त रुपमा भेन्टिरलेटर बुझेका छन् । गरिव बिपन्नका लागि लुगाको जोहो गर्दै आएको बैंकले कोरोना महामारीमा जनताका लागि चलाएको अभियान र थपमा अस्पतालको लागि भेन्टिलेटरको समेत व्यवस्थापन गर्न सक्नु आफैमा ठुलो सफलता र नागरिकको हितमा रहेको बैंकका उपाध्यक्ष तथा अभियानका प्रवक्ता पत्रकार पुरन साहले बताए ।

भेन्टिलेटर कोरोना भाइरस कोभिडका विरामीहरुका लागि प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको सदुपयोग हुन सके धेरै विरामीको ज्यान जोगिने समितिका सदस्य राजु चौधरीले बताए । होम आइशोलेसनका बसेका संक्रमितहरुका लागि ५१ सदस्सीय चिकित्सकको टोलीवाट चिकित्सकीय परामर्श दिइरहेको अभियान अस्पतालको अभावलाई मध्येनजर गर्दै प्रति दिन एकहजारको दरले भाँडामा भेन्टिलेटर ल्याउन लागेको छ । भाडाँ भने आफुले विपद व्यवस्थापनको तर्फवाट बेहोर्ने धनुषाका सिडिओ प्रेम प्रसाद भट्टराईले प्रतिवद्वता जाहेर गरिसकेका छन् ।

क्लोथ बैंकद्वारा संचालित होम आइसोलेसन कार्यक्रम ब्यबस्थापन समिती सदस्य अमित झा र फयाक्ट नेपालका सिईओ मनिस झाको प्रयास तथा प्रजिअ प्रेम प्रसाद भट्टराई ज्युको सहयोगमा क्लोथ बैंकले १ थान भेन्टिलेटर २ थान बाइपाइप ल्याउन सफल भएको छ । सो क्रममा भेन्टिलेटर बैंकको तर्फबाट दिपेन्द्र चौलागाईं,निशान्त खनाल सहितको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय