हाम्रो जनकपुर / जनकपुर– रौतहटमा एक मन्दिरको पुजारीलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ । घटना अहिले भर्खरै ९:१५ बजेको भएको हो ।

रौतहटको माधवनारायण नगरपालिका वडा नं. २ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई गोली हानी हत्या गरिएको हो । खाना खाईरहेको अवस्थामा उनलाई करिब ९ः१५ बजेको समयमा गोली हानि हत्या गरिएको हो ।

उनको कन्चटमा गोली हानेर हत्या गरिएक‍ो छ । घटना भए लगत्तै अहिले एसपी सहितको टोली घटनास्थल पुग्न लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय