हाम्रो जनकपुर / सोनमा,महोत्तरी – महोत्तरीको सोनमा गाउँ पालिका वडा नं ६ मा महोत्तरी समाज उत्थान संस्था द्वारा बिरुवा बितरण शुरु गरिएको छ।
महोत्तरी युवा संजालको सहकार्य र महोत्तरी समाज उत्थान संस्थाको आयोजनमा बिरुवा बितरण सुरुवात गरिएको हो। वडा नं ६ मगर थानाका प्रत्येक व्यक्तीलाई विभिन्न ४ किसिमको बिरुवा बितरण गरिएको छ।

७ हजार बिरुवा बितरन गर्ने लक्ष्य लिएर सुरु गरिएको वितरण आज देखि तीन दिन सम्म जारी रह्ने संस्थाका अध्य्क्ष धर्मेन्द्र कुमार यादवले बताए ।
आजको वितरण कार्यक्रममा स्थानीय युवा,राजनीतिकर्मी,किसान, बिद्यार्थी, तथा सम्पुर्ण स्थानीय वासीहरुकाे सहभागी रहेकाे थियाे।
यस अघि महोत्तरी युवा संजाल द्वारा जिल्लाको विभिन्न स्थानिय तहमा तालिम लगायत बिरुवा बितरण तथा बृक्षारोपन कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय