हाम्रो जनकपुर / जनकपुरधाम :धनुषाको शहिदनगर नगरपालिकालाई पूर्ण रुपमा लकडाउन गर्न माग गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता विनोद रोहिताले कोरोनाबाट एक व्यापारीको मृत्यू भएको र संक्रमितको संख्या थपिदै गएपछि ।

सामाजिक सञ्चालमा फेसबुकमा स्टाटस लेखेर उनले शहिदनगर नगरपालिकालाई पूर्ण रुपमा लकडाउन गर्न माग गरेका हुन् । उनले नगरपालिकाको प्रत्येक घरका व्यक्तिलाई पिसिआर परीक्षण गर्न संघीय सरकारसँग माग गरेका छन् ।

‘लकडाउन गर्नुको विकल्प छैन’, नेता रोहिताले भने, ‘कोरोनाले कहरप्रति सजग रहनुको साथै पिसिआर परिक्षण गरी जनतालाई जोगाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग आग्रह पनि गर्दछु ।’

उनका अनुसार हिजो मात्र धनुषाको शहिदनगरमा पछिल्लो २४ घण्टामा १ जना अस्पतालमा उपचार नपाएर दुःखद् निधन भयो । उनले बिरामीलाई जनकपुरको अस्पतालले कोरोनाको त्रासले भर्ना गर्न नमानेकोमा दुःख व्यक्त गरे । उनले भने– प्रशासनले यस विषयमा एक्सल लिनुपर्छ । भर्ना नलिने अस्पताललाई कारबाही गर्नुपर्छ ।

उनले प्रादेशिक अस्पताल र अन्य नीजि अस्पतालमा पनि भेन्टिलेटर र आइसियुको अभाव देखिएकोले आइसियु र भेन्टिलेटरको व्यवस्था मिलाउन संघीय सरकारसँग समेत माग गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय