हाम्रो जनकपुर महोत्तरी – मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । ठक्कर दिएको मोटरसाईकल छाडेको भन्दै स्थानीयले रघुनाथपुर प्रहरीचोकी अगाडी मृतकको शव राखेर सडक अवरुद्ध गर्दै बिहीबार प्रदर्शन गरेका हुन् ।

महोत्तरीको सोनमा गाउपालिका ३ रघुनाथपुरमा एक आपसमा मोटरसाइकल ठोक्किँदा बुधबार स्थानीय लालबाबु पटेलका १८ वर्षीय छोरा अनिष कुमार पटेलको मृत्यु भएको थियो । बुधवार बिहान ८ बजे अनटेस्ट मोटरसाइकल चलाएर खैरबनीबाट रघुनाथपुर आउने क्रममा विपरीत दिशाबाट गइरहेको ज ६प २३९७ नम्बरको मोटरसाइकल संग ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मनिषलाई उपचारको लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अर्का मोटरसाइकल चालक रामगोपालपुर नगरपालिकाका २५ वर्षिय रामजिवन यादव पनि सामान्य घाइते भएका थिए ।

मृत्यु पश्चात ठक्करदिने मोटराईकलर र व्यक्तिलाई प्रहरीले छाडेको भन्दै स्थानीयले बिहानैदेखि जलेश्वर खैरबनी सडक खण्ड जाम गर्दै टायर बालेर प्रदर्शन गरे ।

ठक्कर दिनेलाई प्रहरीले पहुँचको बलमा छाडेको भन्दै पक्राउ नगरे चरणबध आन्दोलनको गर्ने स्थानीयले चेतावनी समेत दिएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले दोषीलाई दुईदिन भित्र उपस्थित गराउने प्रतिवद्धतापछि आन्दोलन स्थगित गर्दै शवको अन्त्येष्टि गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय