हाम्रो जनकपुर डटकम

श्रावण १ । प्रदेश नं.२का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच/पाँचलाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

प्रहरी हिरासतमा मृत्यु भएका सबैला नपा वडा नम्बर १२ बर्कुर्बा गाउ का शम्भु सदा र
लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने शहीद नगर नपा ९का बिरेन्द्र गुरमैता यादव, र आइसोलेशनमा मृत्यु भएका हंसपुर नपाको राजु सदाको परिवार लाई मुख्यमन्त्री राउतले पाँच/पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

मुख्यमन्त्री राउत सहितको टोली तीन वटै पीडित परिवारको घरमै पुगेर चेक हस्तान्तरण गर्नु भएको छ । उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्नु हुँदै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताउनु भयो ।

साथै घटनामा दोषी देखिएकाहरु माथि कारबाहीको लागी प्रदेश सरकार हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत उहाले जनाउनु भएको छ । उक्त अवसर मा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायाधिब्क्ता दीपेन्द्र झा , जसपा नेता पशुपति यादव, बरुण यादव सहित को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय