जनकपुरधाम
जनकपुरमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको पुत्ला दहन गरिएको छ। नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले मन्त्री साहको राजीनामा माग्दै पुत्ला जलाएका हुन्।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचार अभावमा मृत्युवरण गरेका धनुषाको हंसपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय राजु सदाको परिवारका लागि न्याय माग्दै उनीहरुले शिवचोकमा मन्त्री साहको पुत्ला जलाएका हुन्। त्यस क्रममा उनीहरुले मन्त्री र अस्पताल प्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन्।

राजु सदाको क्वारेन्टिनमा आरडीटी पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २९ गते प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। पछि झाडापखाला समेत भएपछि कोरोना संक्रमण भएको भन्दै चिकित्सकहरु उपचारमा उदासिन रहे। पीसीआर टेस्टको लागि स्वाब संकलन गरिएपनि समयमा रिपोर्ट आएन। असार ८ गते पीसीआर रिपोर्ट आउँदा राजुलाई कोरोना नरहेको पुष्टि भएपछि सिकिस्त अवस्थामा पुगिसकेका उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो।

समयमै उपचार नहुँदा राजुको गएको मंगलबार प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षमा मृत्यु भएको थियो।

भारतको मद्रासबाट झण्डै एकसाता लगाएर साथीभाइसँग जसोतसो घर फर्केका राजलाई हंसपुर नगरपालिका ७ को क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा बसेको १० दिनपछि राजुलगायतको आरडीटी परीक्षण गर्दा उनको आरडीटी पोजेटिभ आएको थियो।

दुई दिनपछि आफूलाई सन्चो नभएको बताएपछि उनलाई प्रादेशिक अस्पतालको आइसोसन कक्षमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय