काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को ग्रेडसिट दिने कार्यविधि बनाउन तीन सदस्यीय कमिटी गठन गरेको छ ।

बिहीबार बसेको बोर्ड बैठकले सदस्यसचिव दुर्गा अर्याल, एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेल र बोर्ड सदस्य सर्जनी जोशी रहेको तीन सदस्यीय कमिटी गठन गरेको हो ।

कोरोना महामारीका कारण सरकारले एसइई परीक्षा नलिइ आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय गरेको थियो ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने सरकारले गरेको निर्णय कार्यान्वयनका लागि तीन सदस्यीय कमिटी गठन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय