जनकपुरधाम, जेठ १५ गते ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं। २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकार संग मांग गर्नु भएको छ । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोना विरुद्धको लडाईका लागिm विशेष प्याकेज उपलब्ध गराउन मांग गर्नु भएको हो ।

उहाँले भारत संगको खुला सीमाना तथा भारतमा रोजगारी गर्दै आएका नागरिकहरुको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको संक्रमण बढने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिएकोले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन मांग गर्नु भएको हो ।

मुख्यमन्त्री राउतले लक डाउनका कारण दैनिक जिवन यापनमा समस्या भोगी रहेका नागरिकहरुलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरेपनि लकडाउन थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यीक बनौट, मानव विकास सुचकाङ्क र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकार बाट ठोस कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ ।

उहाँले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर संचालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षीत परिक्षण गर्न नसकिएकोले संघ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन समेत मांग गर्नु भएको छ ।

यसका साथै वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागी समेत विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मांग गर्नु भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय