महेन्द्रनगर- धनुषामा महेन्द्रनगर बम बिस्फोटको घटनामा थप एक जना पक्राउ परेका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ स्थित महेन्द्रनगरमा बम बिस्फोटको घटनामा संलग्न रहेको भन्दै प्रहरीले धनुषाधाम नगरपालिका वडा नम्बर–५ का गंगा मण्डल खत्वेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ परेका खत्वे नेकपा विप्लव समूहको कार्यकर्ता रहेको डिएसपी कार्कीले बताए । गत मंसिर २७ गते राति मेडिकल व्यवसायी राजेश साहको घरमा बम बिस्फोट हुँदा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, घरधनी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको थियो ।

यस घटनामा अहिलेसम्म प्रहरीले ८ जनालाई नियन्त्रणमा लिइसकेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय