जनकपुर । नेकपाले प्रस्ताव गरेको प्रदेशको २ को नाम ‘जानकी प्रदेश’ बहुमतले अस्वीकृत भएको छ । मंगलबार भएको मतदान प्रक्रियाबाट नेकपाको उक्त प्रस्ताव बहुमतले खारेज भएको हो ।

१ सय ७ जना सांसदले मतदान गरेकोमा ‘जानकी प्रदेश’ को पक्षमा ३७ वटा मत खसेको छ भने विपक्षमा ७० मत परेको छ ।

गोप्य मतदान प्रक्रियाबाट नाम टुंग्याउन प्रदेशसभा अघि बढेको छ । नेकपाको प्रस्ताव अस्वीकृत भएपछि अब कांग्रेसले ल्याएको प्रस्ताव ‘मिथिला भोजपुरा’ को लागि मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय