धर्वेन्द्र कुमार यादव(यदुवंशी)

औरही ।महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर १ औरही बजार बाट करिब एक किलो मिटर उत्तर र पसचिम तर्फ रहेको जंगहा खोलाको डिलमा अबैधरुपमा संचालन गरेको मदिरा भट्टी बुधवार दिउसो करिब २ बजे औरही प्रहरीले ९०० सय लिटर मदिरा बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ र २७ लिटर तयारी अवस्थामा रहेको पदार्थ नष्ट गरिएको छ ।
प्रहरीले बिशेष सुराकीको आधारमा बुधवार दिउसो करिब २ बजे औरही प्रहरी चौकी बाट खटिएको टोलीले औरही नगरपालिका १ स्थित छठु महराको आँपघारीमा लुकाएर भठ्ठी सञ्चालन गरि राखिएको भठ्ठीमा ठूलै परिमाणको मदिराजन्य कच्चा पदार्थ नष्ट गरिएको हो ।
औरही प्रहरी चौकीले दिएको जानकारी अनुसार आँपघारीमा तयारी अवस्थामा राखिएको ५ वटा डब्बा र कच्चा पदार्थ ५ वटा ड्रममा रहेको छ।सबै मिलायर करिब ९०० सय २७ लिटर बराबरको सो मदिराजन्य कच्चा पदार्थ र तयारी अवस्थामा तयार पारीयको मदिरा बनाउने स्थलमै नष्ट गरिएको हो ।
शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रहरीले मदिरा भठ्ठी बिशेष सुराकीको आधारमा करिब ९०० सय २७ लिटर कच्चा पदार्थ र तयारी अवस्थामा राखेको ड्रममा भरिएको अबैध घरेलु मदिरा बरामद गरेको औरही प्रहरी चौकीका प्रहरी प्रमुख असई राजेन्द्र मण्डलले बताए ।
उनले भने खाली ड्रम र मदिरा बनाउने मेसिन समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।
घरेलु मदिरा सेवनले विभिन्न स्थानमा ज्यान जान थालेपछि तथा समाजमा अपराधिक गतिवीधी बढ्दै गएको भन्दै महोत्तरी प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाई गरेको प्रहरीले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय