कार्तिक १८ गते आइतबार।
रगत अभावका कारण कसैले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्ने उदेश्यले धनुषाको नक्टाझिजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।
आइतवार हरियाली कृषि सहकारी संस्था लिमिटेड मिथिला नगरपालिका -२ नक्टाझिजको पाँचौ बार्षिक साधारणसभाको उपल्यक्षमा राखिएको रक्तदान र रगत समुह परीक्षण कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन्। सो कार्यक्रममा २२ जना पुरुष र १ जना महिलाले रक्तदान गरेका थिए भने ९४ जनाले रगत समुह परीक्षण गराएका थिए। रक्तदान कार्यक्रममा सहभागी भएका सबै रगत दाताहरुलाई मिथिला नगरपालिका का नगर प्रमुख महेन्द्र महतोले खाँदा ओढाई प्रमाण पत्र सहित स-सम्मान गरेका थिए।
सोही कार्यक्रमको आयोजना हरियाली कृषि सहकारी संस्था लिमिटेड मिथिला नगरपालिका -२ ले गरेका थिए। मधेस रक्तसञ्चार सेवा धनुषाले प्राविधिक सहयोग गरेका थिए भने ब्लड फर नेपालका सरोज महतो ,अमित यादव र राधा महतोले सहजिकरण गरेका थिए।