राष्ट्रिय

जलेश्वर न.पा.मा पहिलो वडा बाल विवाह मुक्त घोषणा

By हाम्रो जनकपुर डेस्क

October 18, 2024

गणेश कुमार सिंह ,महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं.५ पर्सा पतैली पहिलो वड़ा बाल विवाह मुक्त घोषणा भएको छ। रतौली युवा क्लब र सेभ द-चिल्ड्रेनको,सि.डि.एफ .एम. सझेदारिमा र जलेश्वर नगरपालिका र वडा नं. ५ को विशेष पहलमा पहिलो बाल विवाह मुक्त वडा घोषण हुन सफल भएको छ ।

शुक्रवारका दिन मधेश प्रदेशका खेलकुद तथा समाजमा कल्याण माननीय मन्त्री प्रमोद जयसवालले कार्यक्रमका बीच ब्यानर वाचन गरि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी वडा नम्बर ५ पर्सा पतैली लाई बाल विवाह मुक्त घोषण गरेका हुन ।

मधेश प्रदेशका खेलकुद तथा समाजमा कल्याण माननीय मन्त्री प्रमोद जयसवालले बाल विवाह मुक्त घोषणा हुनु एकदमै सराहनीय रहेको भन्दै कार्यान्वयनमा सहयोग गर्न रतौली युवा क्लब ,सेभ द-चिल्ड्रेन ,CEFM लगायत वडा नं. ५ र जलेश्वरकाको जनतालाई धन्यवाद दिएका छन् ।

सेभ द- चिल्डेन बर्दिवास शाखा बाट प्रतिनिधि को रुपमा भएका मकर बहादुर सर्कीले बाल विवाह बाट हुँदै आइ रहेको हिंसा विभिन्न घटना परि घटनाहरु लाई दर्साउदै उदाहरण दिए थिए र नेपाल देशमा ३३% बाल विहाह भैइ रहेको बताए ।

बाल विवाह नगर्न आग्रह गर्दै बाल विवाह गर्ने अभिभावक,पंडित,मौलाना,जातीय अगुवा लगायत जयन्ती लाई ३ वर्ष जेल र ७५ हजार जरिवाना समेत लाग्ने समेत बताए । आफु काम गर्दै गर्दा मधेश प्रदेशलाई बाल विवाह मुक्त कार्य गर्दै आएको भनेको छ । महोत्तरी जिल्लामा बर्दिवास ९ वडा,गौशाला न.पा.१ ओटा वडा ,पिपरा गा.पा.१ ओटा र जलेश्वर न.पा.का १ वडा बाल विवाह मुक्त भए पछि सार्कीले बाल विवाह नगर्न आग्रह गर्दै सम्पुर्ण लाई सचेत हुन संगै वडा बाल विवाह मुक्त घोषण भनेकोमा धन्यवाद समेत दिएका छन् ।

त्यस्तै रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले विगत कार्य लाई सम्झाउदै सो बाल विवाह मुक्त घोषण भनेकोमा धन्यवाद समेत दिएको संगै जलेश्वर नगरपालिका सम्पुर्ण वडा बाल विवाह मुक्त गर्नु पर्ने जिकिर समेत गरेका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथिमधेश प्रदेशका खेलकुद तथा समाजमा कल्याण माननीय मन्त्री प्रमोद जयसवाल,बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकार ,अनुसन्धान प्रमुख ,जिल्ला प्रहरी कार्यालय प्रमुख , जलेश्वर नगरपालिका नगर प्रमुख ,नगर-उल प्रमुख विभिन्न वडाका वडाध्यक्ष ,विभिन्न पार्टी नेताकार्यकर्ता ,विद्यार्थी ,स्वास्थ्यकर्मी ,विद्यालयको शिक्षक ,वडा बाल अधिकार कार्य समितीहरु ,विद्यालयका प्र. ,पत्रकार र रतौली युवा क्लबका कर्मचारीहरु, नागरिक समाज लगायतको उपस्थितिमा बालविवाह मुक्त वडा घोषण भएको छ ।