मधेश प्रदेश । मधेशमा यतिबेला दशैँको रमझमको साथै झिझियाको रमझम भईरहेको छ । झिझियाको नाममा मौलिक सँस्कृतिमाथि निरन्तर प्रहार भईरहेको छ ।

मधेश प्रदेश सरकार अन्तर्गत रहेको शिक्षा तथा सँस्कृति मन्त्री रानी तिवारीलाई यसले कुनै मतलब देखिएनन् । विभिन्न स्थानमा झिझियाको नाममा हुँदै आएको विकृति, स्टेज प्रोग्रामले मौलिकता उपर प्रहार भईरहेको अवस्थामा मन्त्री तिवारीले कुनै एक्सन लिन सकेकी छैनन् ।

मधेशको ग्रामिण भेकसहित शहरमा समेत झिझियाको नाममा स्टेज नाच, ओरकेष्ट्रा जस्तै सँस्कृति मिच्ने गरी मौलिकता उपर प्रहार हुँदा मन्त्री तिवारीले कुनै चासो देखाएकी छैनन् । मन्त्री पद पाएपछि पदलुप्त भएकी उनलाई सँस्कृतिदेखि कुनै मायने मतलव नरहेको गुनासो आम नागरिकको छ ।

सँस्कृति मन्त्रालयको नाममा विभिन्न स्थानमा त्यस्तै नाचगानको आयोजन गरी रकम कुम्ल्याउने दाउमा रहेको आरोप छ । मन्त्रालयले सँस्कृति जगेर्ना, विकृति हटाउने जिम्मेवारी हुन्छ, तर सँस्कृति मन्त्री रानी तिवारीले भने झिझियाप्रतिको विकृतिलाई मतलव दिएकी छैनन् ।

न्यूज ब्यूरोले मन्त्री तिवारीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाईल स्वीच अफ आयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय