?????????????????????????????????????????????????????????

राष्ट्रिय

सप्तकोशीमा ट्रक खस्यो, ट्रकमा रहेका ३ जनाकाे उद्धार

By हाम्रो जनकपुर डेस्क

July 14, 2023

सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । आज शुक्रवार बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ ।

ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।