अन्य

फोक्सोमा पानी जम्मा भएको र किड्नीको इन्फेक्सन पीडितद्वारा सहयोगको अपिल

By हाम्रो जनकपुर डेस्क

May 23, 2023

मौसम झा जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका–९ की ४० वर्षीया सिता देवी महासेठले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । फोक्सोमा पानी जम्मा र किड्नीको इन्फेक्सनबाट पीडित महासेठलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।

परिवारिक स्रोतका अनुसार महासेठको ५ दिनदेखि भारतको दरभंगास्थित सरकारि अस्पतालमा उपचार भइरहेको थियो। आज काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा रेफर गरिएको छ। चिकित्सकले सबैतिरबाट चाँडो आर्थिक सहयोग जुटाएर तयारी अवस्थामा बस्न भनेका छन्। महासेठको उपचार खर्च जुटाउनका लागि सङ्गसंस्था ,स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सङ्ग समेत आग्रह गरे ।

‘अहिलेसम्म उपचारमा धेरैं रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका पति रामरतन महासेठले भने, ‘थप ३ देखि ४ लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’ महासेठलाई सहयोग जुटाउन उनकी छोरी अर्चना कुमारी महासेठको नाममा सिद्धार्थ बैंकमा ५५५००२५२१३० नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि पिडितको मोबाइल नम्बर ९८२७८२७९३८ वा ९८००८२३८७० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।