लेखक :- डा. मनोज मुक्ति “विवेक”

नेकपालाई प्रश्न :- ओलीतन्त्रले जन्माएको “यति-युग” ?

MCC, INDO-PACIFIC STRATEGY, BRI ले नेपाल र नेपालीलाई के दिन्छ ?
के नेपाललाई गृहयुद्धमा धकेल्दै अन्तर्राष्ट्रिय सैन्य एवं सामरिक प्रयोगशाला/कृडा स्थल बनाउन लागिएको हो ?
जनकपुरको भाषण ?????????
प्रचण्ड (पुष्प कमल दहाल) त हिन्दी भाषाको नयाँ एजेन्ट पो भएछन् बा, वास्तविक कम्युनिष्ट अर्थात छेपारे चरित्र/प्रवृत्ति !
पार्टी लाईन र निर्णय बिरुद्धको गतिविधि, तत्काल कार्यवाही हुनुपर्छ !
होईन हौ प्रचण्डको अनि कति रुप सत्ताका लागि जे नि गर्ने, एकातिर बामे उछल्ने, माकुने पछार्ने त कहिले उत्तर-दक्षिण सब तिर ………………., हुँदाहुँदै ज्ञानेलाई पनि मनाउने !
ओली बा लाई त दिनेसम्म दु:ख बिमारी भन्दा त प्रचण्ड कै टेन्सनले खाने भो, पोखरेलको सपना गर्व मै तुहिने भो ! नेम्वाङ ज्यु वकालत गर्दागर्दै आर्यघाट पुग्ने भए ??????????

लुम्बिनी बिकास कोष काण्ड ?????????
अबको केहि दिनमा समाचार आउने छ की, ” चीन बोर्डर सित जोडिएको भारतको उत्तरी सिमा भारत सरकार शासित नेपाल प्रदेशमा अमेरिकी कब्जा, चीन पनि कब्जा गर्ने दाऊमा निरन्तर प्रयासरत” !!

नेपालको सन्दर्भमा “गणतन्त्र” भनेको बहु-आयामिक कृतिमानी खुख्यात भ्रष्ट एवं राष्ट्राघातीहरुले माफियाहरुको संरक्षण, संवर्द्धन, प्रवर्द्धन गर्न एवं मातृभूमिको निरन्तर चिरहरण गर्नैका लागि आम मुक्तिकामी जनता माथी बन्दुकको बलमा लादिएको धृणीत-शासन ब्यवस्था हो !

17000 भन्दा बढीलाई मारेर ल्याएको “गणतन्त्र” हो, रु. 17000 लाख करोड भ्रष्टाचार नगरे असली श्रद्धाञ्जली हुँदैन त ?

विश्वलाई “ईबोला र कोरोना भाईरस” बाट जति खतरा छैन त्योभन्दा लाखौं-करोडौं गुणा बढी खतरा नेपाल र नेपालीलाई “कथित धर्म-निर्पेक्ष गणतन्त्रवादी” बाट छ त ?

के यस्तै हो त ?
“संघीय लोकतान्त्रिक गणतन्त्र” अर्थात नेपाल आमाका दलालहरुको नाजायज झुण्डहरुले भन्दै आएको “प्राप्त उपलब्धि” हो, जो तिनीहरुले राम्रै सँग मजाले उपभोग, उपयोग र प्रयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नाङ्गो नाच गर्न सफल भएजस्तै देखिएको छ । अब आफुलाई लाज र घृणा बोध हुन थाल्यो, नेपाली हुँ भन्नमा ! नागरिकता नै परित्याग गरि अन्तै प्रवास-गुप्तवास बसुँ कि जस्तो ! आफैले ल्याएको, नेतृत्वदायी भुमिका खेलेकोले आफुले आफैलाई अपराध बोध हुँदैछ !

आत्मा सफा छैन र परमात्मा खोजी ? आत्मा नै परमात्माको बास स्थान हो । आत्मा पवित्र गरे मात्र परमात्मा खुसि हुन्छ । छ्ल, कपट, अहंकार र अभिमानले ग्रसित आत्माले भौतिक सुखलाई त पाउन सक्छ तर स्वर्गीय आनन्द त भेटनै सक्दैन।सत्यलाई असत्यले पराजित गर्न सकदैन । तयस्तै अपवित्र आत्माले परमात्मालाइ पाउन सक्दैन ।अगरवतीको सुगन्धित सुगन्धले मात्र परमात्मालाइ रिझाउने निरर्थक प्रयासले साधु बन्न सक्दैन ।साधुत्व त प्रेम हो। सदभाव र सत्यकर्ममा हो जो घृणित ब्यक्तिलाइ पनि समाजमा पुजनिय बनाउछ ।असत्य र अधर्मको बाटोमा हिडेका लाई पुनः सत्य र धर्मको मुल बाटोमा ल्याउने नै महान साधु हुन । साधुको महानता छदम भेष र बोलिले हुनै सक्दैन । समाज कल्याणमा नै साधुको कल्याण छुपेको हुन्छ । तय्सैले साधु निरन्तर समाज कल्याणमा प्रयासरत हुन्छ । थाकेर या चिन्तित भएर आफ्नो बाटो न बिराउने असली साधुलाइ हरेक युगले क्रान्तिकारि नमस्कार गर्छ ।
आधुनिक युगको ढोंगी क्रान्तिकारिले समाज, देश र जनतालाइ झुठा सपना देखाइ आफू रजाइ गर्ने मनोबिज्ञान अपनाउदै साधु बन्न खोज्दै छन । आफनो स्वार्थ पुर्ती गर्न अपनत्वको बलि चढाउन समेत तयार छन । तर के त्यो बलि चढाउने आत्माले सुख र शान्ति पाउलान त ? राबण जस्तो भोग बिलासि पनि अपनत्वको बलि चढाएर सुख र बैभव लिन अस्विकार गरेका थिए । तर आधुनिक क्रान्तिकारी त राबणको समान्य न्याय प्रणाली पनि अपनाउन सकेन जस्तो लाग्छ । आफनो जनतालाइ जेलमा कोचेर गणतन्त्रको न्याय भनेर दुहाइ दिदै छन ।समाज कल्याणको बाटोमा लागेका आतंककारी कसरी भए ? समाज कल्याण त पक्कै आतंक हैन । तब समान्तबादीको शैली गणतन्त्रमा किन ? उच्चतम ब्यबस्थामा न्युनतम जनभावनाको सम्मान होस । गणतन्त्रका क्रान्तिकारी साच्चिकै गणतन्त्रको साधु होस र परमात्माले हरेक आत्मामा बास गर्न सक्ने बाताबरण बनोस ।।

आत्म-समिक्षा गरौं !! भुल सुधार गरौं !! प्रगति पथमा अगाडी बढौं !!

मुक्ति अभिवादन सहित !
डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)
(अध्यक्ष)
जनतान्त्रिक तराई मुक्ति मोर्चा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय