तस्बिर संकेत अनुसार

सम्राट खनाल, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीकै घरमा चोरी भएको छ । क्षिरेश्वोरनाथ नगरपालिका ७ दुर्गाटोल स्थित सम्भु पौडेलको घरमा शनिबार राति चोरी भएको हो ।

घरमा कोहि नभएको मौकाछोपी ताल्चा फोडेर डेढतोला सुनको मंगलसुत्र र ३५ हजार रुपैयाँ लगायतको समान चोरी भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

घरबेटी पौडेल खोटांगमा प्रहरी नायव निरीक्षक (सई) छन् । उनका परिवार माइत गएको बेला चोरी भएको जनाएको छ । सभार ः टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय