रौतहट । रौतहटको गौर नगरपालिका ४ बाट शनिबार साँझ भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाललाई पक्राउ गरिएको हो ।

रौतहटमा श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६र६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय