• सम्भु पण्डित

धनुषा(सबैला) । धनुषाको सबैला नगरपालिकामा जनप्रतिनिधिहरुकै सहमतिमा ताला बन्दी गरिएको छ।

समाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको, कर्मचारीहरुको तलब ५ महिनादेखि नदिएको भन्दै कर्मचारी र जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका हुन्।

वडा सदस्य प्रदिप दासका अनुसार समाजिक सुरक्षा भत्ता र तलबलगायतका कुराको टुँगो नलागेसम्म तालाबन्दी रहनेछ। उनीहरुले सोमबारदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्।

करारमा रहेका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको दासले बताए। यसैगरी बृद्धबृद्धाका लागि समाजिक सुरक्षा भत्ता नदिदा समस्या भएको उनको भनाई छ।

तालाबन्दीलाई समर्थन गरेका जनप्रतिनिधिहरुले मेयर विजय शंकर साहको बदमासीले विकास निर्माणको कार्यसमेत ठप्प रहेको आरोप लगाएका छन्। आफूले चढ्ने गाडीमा मात्र तेल हाल्ने गरेको र अन्य कर्मचारीहरुलाई वास्ता नगरेको दासको भनाई छ।

हाम्रो जनकपुर संग कुराकानी गर्दै मेयर साहले शीर्षकमा फेरबदल हुँदा नगरपालिकामा समस्या भएको स्वीकार गरे। उनले आन्दोलनरत पक्षसँग छलफल भइरहेको र तालाबन्दी खुल्ने जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय