| माघ २५, २०७६ शनिबार | 0 अ अ अ चीन । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ज्यान गुमाउनेका संख्या ७ सय २४ पुगेको छ। कोरोना भाइरसका कारण संकटमा फसेको चीनले सडकमा कोरोनाभाइरसविरुद्ध रासायनिक कीटाणुशोधन गरिरहेको भिडियो सार्वजनिक भएको छ। सडकमा तिब्र गतिमा रासायनिक औषधि फर्किरहेको देख्न सकिन्छ। यस भाइरसका कारण साढे ३४ हजार बढी संक्रमित बनेका छन्। पछिल्लो समय कोरोना भाइरसको संक्रमण भएका केही विरामीलाई निको बनाएर अस्पतालबाट डिस्चार्ज गरिएको चिनियाँ अधिकारीले बताएका छन्। कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले केही प्रतिबन्ध पनि लगाएको छ। घरबाट बाहिर निस्किन, साथमा बसेर भोजन खान, सभा सम्मेलनमा सहभागी हुन् तथा विवाह जस्ता कार्य नगर्न प्रतिबन्ध लगाइएको छ।
Read more at: https://dainikonline.com/story/24609/2020/2/8/corona-
दैनिक अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय