काठमाडौं । व्शिवविद्यालय तथा विलय तहका परीक्षा स्थगन भएपछि प्रश्नपत्रको सुरक्षा चिन्ता भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) का पश्नपत्र सुरक्षा कसरी गर्ने रु भनेर शिक्षा मन्त्रालयलाई चुनौती बनेको छ ।
परीक्षामा यसपटक ४ लाख ८२ हजार विद्यार्थी सहभागी हुने अवस्थामा छन् । परीक्षा बिहीबार शुरु गरी चैत १७ गते सम्पन्न गर्ने तयारी थियो । साधारण र प्राविधिक धारका गरी सबै विषयका लागि ५१ लाख थान प्रश्नपत्र छापिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रण रामराज खकुरेलले बताए । खकुरेलका अनुसार ८६ विषयको प्रश्नपत्र छापिएको छ ।
प्रश्नपत्र प्रदेश अनुसार फरक फरक पनि छापिएको छ । प्रदेशमा गत वर्ष प्रश्नपत्र बाहिरिएको थियो । यस वर्ष पनि प्रश्नपत्र बाहिरिन्छ कि ? भन्ने चिन्ता भएको छ । -अन्नपूर्ण पोष्ट दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय