जनकपुरधाम,माघ २७ गते ।
जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयमा बार्षिक खेलकुद कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यालयका निर्देशक डाक्टर सोनु कुमार साहको अध्यक्षता एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक परशुराम घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथी घिमिरेले मोनाष्टिक विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयको प्रशंसा गरेका थिए ।
कार्यक्रममा स्वीट रेस,बनाना रेस,दौड,बकेट बलमा पहिलो,दोस्रो र तेस्रो स्थान प्राप्त गरेका बिद्यार्थीहरुलाई पुरस्कार र मेडल वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयकी संस्थापिका वीणा देवी साह लगायत बिद्यार्थी, शिक्षक एवं कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय