राजन बानिया
पोखरिया २१ असोज / प्रहरीले पर्साको कालिकामाई गाउँपालिका वार्ड नं १ तीनडोबिया मा आज छापामारी गरि लागु औषध अफिम सहित एक जना लाई पक्राउ गरेको छ।

टिनडोबिया गाउँ निवासी गम्भिरा राउत कुर्मी को घरमा लागु औषध अफिम लुकाई छिपाई राखेको अवस्थामा गुप्त सुचना को अधार मा ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक दिपक थापा को कमाण्ड मा रहेको प्रहरी टोलिले घरमा छापामारी गरि लागु औषध अफिम ८ किलो ग्राम सहित गम्भिरा राउत कुर्मीको छोरा वर्ष ३० को खोवारी प्रसाद कुर्मी लाई पक्राउ गरेको छ।

चेकजाच गर्दा निजको साथवाट लागू औषध अफिम जस्तो देखिने पदार्थ ८ किलो ग्राम फेला परेकोले उक्त लागु औषध जस्तो देखिने पदार्थ सहित निज खोवारी प्रसाद कुर्मी लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीया राखिएको प्रहरी निरिक्षक थापा ले जनाए का छन।यसको समबन्ध मा थप अनुसन्धान कार्य भईरहेको प्रहरी ले जनाए को छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय